Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

सरकारमा जान रविको हतार, प्रचण्डले फेरि गरे गृहमन्त्रीको अफर !


काठमाडौं । सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने संकेत गरिसकेको छ । तर पनि औपचारिक निर्णय भने गर्न सकेन । आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई दलको नेता तोक्ने निर्णय मात्रै गरेको छ । यसअघि आजकै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि रास्वपा एकसातापछि मात्रै निर्णय गर्ने ठाउँमा पुगेको छ ।

चुनावी परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । उनले आफ्नो दलको एजेण्डा सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा समावेश नगरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । त्यसो त रास्वपाबाट चुनाव जितेका स्वर्णिम वाग्लेले समेत स्थीरताका नाममा असक्षम सरकारलाई समर्थन गर्न नहुने बताएका थिए ।

त्यसैले पनि सोमबारको रास्वपाको केन्द्रीय समितिको बैठकलाई महत्वका साथ हेरिएको थियो । तर रास्वपाले सरकारमा सहभागी हुने वा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने औपचारिक निर्णय भने गरेन । बरु कित सरकारमा सहभागी हुने अन्यथा समर्थन फिर्ता लिने निर्णयमा रास्वपा पुगेको छ । त्यसो त चुनावलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपा सभापति लामिछानेसँग छलफल गरेका थिए । दाहालले सरकारमा सहभागी हुनका लागि लामिछानेलाई आग्रह समेत गरेका थिए । तर लामिछानेले भने स्पष्ट जवाफ दिइसकेका छैनन् ।

उनले आफ्ना एजेण्डालाई सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । त्यसको जवाफमा प्रधानमन्त्री दाहालले भ्रष्टाचारसम्बन्धी फाइल खोल्न तयार रहेको बताइसकेका छन् । यस्तोमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर दलको नेता चयनमा मात्रै सोमबारको बैठक केन्द्रित भएको बताइएको छ ।

रास्वपा सभापति लामिछानेलाई गृह मन्त्रालय दिन सत्तारुढ दल खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल तयार देखिएका छन् । सत्तारुढ गठबन्धनसँग एक्लै चुनाव लडेर गठबन्धनका उम्मेदवारभन्दा तिन गुणा बढि ल्याएर विजयी भएका लामिछानेलाई सरकारमा ल्याउने कसरत भने जारी छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं