सरकारमा जान रविको हतार, प्रचण्डले फेरि गरे गृहमन्त्रीको अफर !
काठमाडौं । सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने संकेत गरिसकेको छ । तर पनि औपचारिक निर्णय भने गर्न सकेन । आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सभापति रवि लामिछानेलाई दलको नेता तोक्ने निर्णय मात्रै गरेको छ । यसअघि आजकै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि रास्वपा एकसातापछि मात्रै निर्णय गर्ने ठाउँमा पुगेको छ ।
चुनावी परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । उनले आफ्नो दलको एजेण्डा सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा समावेश नगरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका थिए । त्यसो त रास्वपाबाट चुनाव जितेका स्वर्णिम वाग्लेले समेत स्थीरताका नाममा असक्षम सरकारलाई समर्थन गर्न नहुने बताएका थिए ।
त्यसैले पनि सोमबारको रास्वपाको केन्द्रीय समितिको बैठकलाई महत्वका साथ हेरिएको थियो । तर रास्वपाले सरकारमा सहभागी हुने वा सरकारलाई दिएको समर्थन फिर्ता गर्ने औपचारिक निर्णय भने गरेन । बरु कित सरकारमा सहभागी हुने अन्यथा समर्थन फिर्ता लिने निर्णयमा रास्वपा पुगेको छ । त्यसो त चुनावलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपा सभापति लामिछानेसँग छलफल गरेका थिए । दाहालले सरकारमा सहभागी हुनका लागि लामिछानेलाई आग्रह समेत गरेका थिए । तर लामिछानेले भने स्पष्ट जवाफ दिइसकेका छैनन् ।
उनले आफ्ना एजेण्डालाई सत्तारुढ दलको न्यूनतम साझा कार्यक्रममा समावेश नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । त्यसको जवाफमा प्रधानमन्त्री दाहालले भ्रष्टाचारसम्बन्धी फाइल खोल्न तयार रहेको बताइसकेका छन् । यस्तोमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो । तर दलको नेता चयनमा मात्रै सोमबारको बैठक केन्द्रित भएको बताइएको छ ।
रास्वपा सभापति लामिछानेलाई गृह मन्त्रालय दिन सत्तारुढ दल खासगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल तयार देखिएका छन् । सत्तारुढ गठबन्धनसँग एक्लै चुनाव लडेर गठबन्धनका उम्मेदवारभन्दा तिन गुणा बढि ल्याएर विजयी भएका लामिछानेलाई सरकारमा ल्याउने कसरत भने जारी छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १मनकामनाबाट फर्केको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु
- २एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)
- ३कांग्रेसले निर्वाचनको समीक्षा गर्न चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमिति बैठक बोलाउने
- ४ओलीलाई समवेदना दिँदै बालेनः पिताजस्तो रक्षक, गुरु र देवता कोही छैन, पात्र एक, भूमिका अनेक
- ५दुबई एयरपोर्टमा अलपत्र २७२ नेपालीलाई ल्याइयो, आज पनि उद्धार उडान



तपाईको कमेन्ट लेख्नुहोस्