साढे दुई महिनाको उपचारपछि फर्कीए चन्द्र भण्डारी
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन् । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै साढे दुई महिनाको स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्किएका हुन् ।
उनी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् । भण्डारी झन्डै साढे दुई महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए । उनका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको जनाईएको छ । पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन् ।
नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् । सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । उनले पत्रकार सम्मेलनमा कुरा गर्दै आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको बताए ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उपचारपछि स्वदेश, #चन्द्र भण्डारी
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्