फरार सांसद कोइरी पक्राउ गर्न सरकार अझै असफल, कोइरीबारे प्रहरीले नै पाएन सुइको
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रकरणले शुक्रबारको संसद बैठकमा सांसदहरुबिच नै वादविवादको अबस्था सिर्जना भयो । सभामुख देवराज घिमिरेले कोइरी विरामी परेको जानकारी गराएपछि सांसदहरुले विरामी परेको नभई फरार रहेको दाबी गरेका थिए ।
पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त कोइरी भारतमा लुकेर रहेको प्रमाण आफुसँग रहेको भन्दै अनुसन्धानका लागि प्रमाण उपलब्ध गराउने समेत भनेका थिए ।
लामिछानेले आफुसँग रहेको बताएपछि कोइरी छन् कहाँ भन्ने बहश शुरु भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले तत्कालिन समयमा कोइरीलाई पक्राउ गर्न निर्देशन समेत दिएका थिए । तर प्रहरीलाई उनलाई पक्राउ गर्न सकेको छैन । बरु चौविसै घण्टा सुरक्षाका लागि प्रहरी रहने संसद भवनमा कोइरी प्रवेश गरेको बताइएको थियो ।
अहिले भने प्रहरीले कोइरीको खोजीकार्य जारी रहेको बताएको छ । महोत्तरी जिल्ला अदालतले संसदमा सभामुखलाई सम्बोधन गरेर पुसमै पत्र पठाइसकेको थियो । प्रहरीले त्यसैअनुसार खोजीकार्य गरिरहेको बताएको छ ।
नेकपा एमालेका सांसद कोइरीलाई संसदमा विरामी भएर उपस्थित नभएको सभामुखले सार्वजनिक गरेपछि संसद बैठकमै हंगामा भएको थियो । लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एमालेले मनोनित गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पक्राउ गर्न सरकार, #फरार सांसद कोइरी
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्