फरार सांसद कोइरी पक्राउ गर्न सरकार अझै असफल, कोइरीबारे प्रहरीले नै पाएन सुइको
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रकरणले शुक्रबारको संसद बैठकमा सांसदहरुबिच नै वादविवादको अबस्था सिर्जना भयो । सभामुख देवराज घिमिरेले कोइरी विरामी परेको जानकारी गराएपछि सांसदहरुले विरामी परेको नभई फरार रहेको दाबी गरेका थिए ।
पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले त कोइरी भारतमा लुकेर रहेको प्रमाण आफुसँग रहेको भन्दै अनुसन्धानका लागि प्रमाण उपलब्ध गराउने समेत भनेका थिए ।
लामिछानेले आफुसँग रहेको बताएपछि कोइरी छन् कहाँ भन्ने बहश शुरु भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले तत्कालिन समयमा कोइरीलाई पक्राउ गर्न निर्देशन समेत दिएका थिए । तर प्रहरीलाई उनलाई पक्राउ गर्न सकेको छैन । बरु चौविसै घण्टा सुरक्षाका लागि प्रहरी रहने संसद भवनमा कोइरी प्रवेश गरेको बताइएको थियो ।
अहिले भने प्रहरीले कोइरीको खोजीकार्य जारी रहेको बताएको छ । महोत्तरी जिल्ला अदालतले संसदमा सभामुखलाई सम्बोधन गरेर पुसमै पत्र पठाइसकेको थियो । प्रहरीले त्यसैअनुसार खोजीकार्य गरिरहेको बताएको छ ।
नेकपा एमालेका सांसद कोइरीलाई संसदमा विरामी भएर उपस्थित नभएको सभामुखले सार्वजनिक गरेपछि संसद बैठकमै हंगामा भएको थियो । लामो समयदेखि फरार रहेका कोइरी प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा एमालेले मनोनित गरेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पक्राउ गर्न सरकार, #फरार सांसद कोइरी
ताजा खबर
- १कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह रहेको एमाले अध्यक्ष ओलीको टिप्पणी
- २सरकारलाई प्रश्न सोधेर सहयोग गर्छौंः हर्क साम्पाङ
- ३रचनात्मक काममा रास्वपा सरकारलाई सहयोग रहन्छः प्रचण्ड
- ४महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय हटाउन लागेको भन्दै विरोध प्रदर्शन
- ५सपथ ग्रहण समारोहमा देखिए हर्क र ज्ञानेन्द्र, प्रचण्ड र बादल सँगै



तपाईको कमेन्ट लेख्नुहोस्