फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गयोः मन्त्री किराँती
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज सुरक्षित रुपमा गन्तव्यतर्फ गएको बताएका छन् ।
सोमबार त्रिभुवन विमानस्थलबाट उडेको केहीबेरमा विमानमा आगलागी भएको देखिएको थियो । त्यसपछि त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणले विमान फर्किन सक्ने बताएका थियो । तर, विमान गन्तव्यतर्फ गएको मन्त्री किरातीले फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले लेखेका छन्, ‘फ्लाइ दुबई जहाज सुरक्षित आफ्नो गन्तव्यतिर जाँदैछ, कोही चिन्ता नगर्नुहोला, सबैलाई शुभयात्रा ।’
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नागरिक उड्डयनमन्त्री, #सुदन किराती
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्