प्रधानमन्त्रीको भारत भ्रमणको तयारी सुरु गर्नेः नवनियुक्त परराष्ट्रमन्त्री साउद
काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी सुरु गरिहाल्ने बताएका छन् ।
आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदबहाली गर्दै उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउने बताएका हुन ।
पत्रकारले प्रधानमन्त्रीको भारत भ्रमणबारे सोधेको प्रश्नको जवाफमा मन्त्री साउदले भने, ‘हामी छलफल अगाडि बढाउछौं । भर्खरै म कार्यालय आएको छु, त्यसमा संलग्न कर्मचारीसँग ब्रिफिङ लिएर अगाडि बढाउछु ।’
मन्त्री साउदले नेपाल शान्तिपूर्ण मुलुक रहेको र संसारका सबै देशसँग सुमधुर सम्बन्ध रहेको दाबी गरे । विश्वभरिका देशसँग, छिमेकीसँग आगामी दिनमा हाम्रो सम्बन्ध अझ घनिष्ट बनाउँदै लैजाने उनले प्रतिबद्धता जनाएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नवनियुक्त परराष्ट्रमन्त्री साउद, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्