उद्योग वाणिज्य महासंघको साधारणसभा आजदेखि, बुधबार निर्वाचन
काठमाडौं । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५७ औँ वार्षिक साधारण सभा आजदेखि सुरु हुँदैछ। साधारणसभाको उद्घाटन होटल याक एण्ड यती लालदरबारमा हुनेछ ।
महासंघको प्रज्ञा प्रतिष्ठान कमलादीमा भोलि निर्वाचनको मिति तोकिएको छ। साधारणसभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको ६४ सदस्यीय नयाँ कार्यसमितिमध्ये दुई सदस्य मात्र निर्विरोध भएका छन् भने १ सय १६ जना चुनावी मैदानमा छन्। उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भोलि हुने निर्वाचनमा दुई हजार मतदाताले भाग लिनेछन्।
महासंघको विधानले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै तीन वर्षपछि स्वतः अध्यक्ष हुने व्यवस्था गरेका कारण वरिष्ठ उपाध्यक्षको पदमा सबैको चासो रहने गरेको छ। वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई प्रतिस्पर्धामा छन्। तीनैजनाले स्वदेशमा उद्यमशीलताको वातावारण बनाउनेदेखि आर्थिक मुद्दामा सरकारसँग बलियो लबिइङ गर्ने जनाएका छन्।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उद्योगी व्यवसायी, #नेपाल उद्योग वाणिज्य महासंघ
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्