डा. निरज बम राष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डाक्टर निरज बम नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति कार्यलयले डाक्टर बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो।
छाती रोग विशेषज्ञ डाक्टर बम चिकित्सा अध्ययन संस्थान अन्तर्गतको महारागञ्ज चिकित्सा क्याम्पसमा सह–प्राध्यापकको रुपमा कार्यरत छन् । उनीले शुक्रबार दिउँसो राष्ट्रपतिको निजी चिकित्सक नियुक्तिको पत्र बुझेका छन् ।
उनले सरकारी सेवामा रहेको व्यक्तिले दोहोरो सेवा–सुविधा लिन नमिल्ने भएकाले उनले त्रिवि शिक्षण अस्पातालको मात्रै सेवा सुविधा लिने बताए । नेपालमा छाती रोगमा एमडी साथै विदेशबाट तालिम लिएका डा. बम नेपालका अब्बल चिकित्समा पर्छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #डाक्टर निरज बम
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्