दुई मेयर बालेन साह र हर्क साम्पाङको पहिलो भेटघाट, एकले अर्कोलाई लगाइदिए सिलाम साक्मा
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच पहिलो पटक भेटवार्ता भएको छ । स्थानीय तहको चुनावपछि चर्चामा आएका दुई मेयर साह र साम्पाङको पहिलो पटक भेट भएको हो । खानेपानी योजना माग्न काठमाडौं आएका साम्पाङले राष्ट्रिय सभागृहको सम्पर्क कार्यालयमा पुगेर मेयर साहलाई भेटेका हुन् ।
साम्पाङ धरानका उपमेयर अइन्द्रविक्रम बेघासहितको टोली लिएर महानगपालिका पुगेका थिए । दुई जनाले एक अर्कामा ‘सिलाम साक्मा’ लगाइदिई स्वागत र सम्मान गरेका छन् । बाँसको कप्टेरोमा विभिन्न रङका धागो बुनेर चारकुने सिलाम साक्माको छेउमा फुर्को बनाइएको हुन्छ । सिलाम साक्मा मुन्धुम र लिम्बू परम्पराको महत्वपूर्ण संस्कारहरूमा प्रयोग गरिन्छ । लिम्बू जातिको परम्परा र संस्कृतिमा आधारित यसको प्रयोग अरू जातिले पनि गर्दै आएका छन् ।
सामाजिक सञ्जालमा एकले अर्कोलाई कडा टिप्पणी गर्दै आएका दुवै मेयरबीच सौहार्द वातावरणमा छलफल भएको थियो । साम्पाङले फेसबुकमा भेटघाटको तस्विर पोस्ट गरेर भेट भएको बताएका हुन । बालेनविरुद्ध साम्पाङले पटक–पटक स्टाटस लेखेर काम गर्न नसकेको भन्दै आलोचना गरेपनि उनीहरुको सम्बन्ध चिसिएको थियो । दुवैबीचको भेटले तिक्तता मेटिएको सन्देश दिएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बालेन साह, #लगाइदिए सिलाम साक्मा, #हर्क साम्पाङ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्