Techie IT
  • ४ असार २०८२, बुधबार
KhojPatrika

८ महिनामा रोजगारी खोज्दै साढे ५ लाख विदेश पलायन, विश्वका १७८ देशमा नेपाली !


काठमाडौं । चालु आर्थिक वर्षको आठ महिने अवधीमा झण्डै साढे पाँच लाख नेपाली रोजगारी खोज्दै बिदेसिएका छन् । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिएको तथ्याङ्क अनुसार गएको साउनदेखि फागुनसम्म पाँच लाख ४० हजार ६८१ जना युवा नेपालबाट बाहिरिएका हुन् । विभागको तथ्यांक अनुसार बिदेसिनेमा झण्डै चार लाख ९१ हजार ३२१ जना पुरुष र ४८ हजार ३५४ जना महिला रहेका छन् ।

साउन महिनामा संसारका विभिन्न ८७ देशमा ६३ हजार ३९ जना, भदौमा ८८ देशमा ७६ हजार ४०३ जना, असोजमा ८४ देशमा ६२ हजार ७०६ जना, कार्त्तिकमा ११५ देशमा ७८ हजार ३७० जना, मङ्सिरमा पनि ११५ देशमा ६८ हजार ५६४ जना, पुसमा १२० देशमा ६५ हजार ४६४ जना, माघमा १०६ देशमा ६४ हजार २८४ जना र फागुनमा ९० देशमा ६१ हजार ८४५ जनाले वैदेशिक रोजगारीमा जना श्रम स्वीकृति लिएको सरकारी तथ्यांक छ । यो सङ्ख्या नयाँ र विदेशबाट छुट्टीमा आएर पुनः श्रम स्वीकृति लिनेको हो ।

कोरोना महामारी अघिसम्म वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दैनिक सरदर एक हजार मात्रै रहेकोमा अहिले दोब्बरले बढेको छ । खाडीका देशसँगै केहीवर्षयता युरोप लगायतका देशमा पनि रोजगारीका लागि जाने नेपालीको सङ्ख्या बढ्दो देखिएको छ । सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीमा जान १११ देश खुला गरेको छ । जसमध्ये, लिबिया, सिरिया र अफगानिस्तानमा नेपालीलाई रोजगारीमा पठाउन प्रतिबन्ध रहेको छ । व्यक्तिगत रूपमा भने संसारका विभिन्न १ सय ७८ देशमा नेपालीहरू रोजगारीका लागि पुग्ने गरेको पाइएको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चालु आर्थिक वर्ष, #रोजगारी खोज्दै, #साढे पाँच लाख

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं