घट्यो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मुल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ ।
बढेको मूल्य आज रातिदेखि लागू हुनेछ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अप्रिल १ मा नयाँ मूल्यसूची पठाएको थियो । नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ ८६ पैसा र डिजेलमा ६ रुपैयाँ ८२ पैसा घटेर आएको थियो ।
आईओसीले मार्च १५ मा पठाएको मूल्यमा पेट्रोलमा ८६ पैसा र डिजेलमा १ रुपैयाँ ५० पैसा घटेर आएको थियो । आईओसीलाई बुझाउनुपर्ने बक्यौता र सरकारलाई तिर्नुपर्ने ऋणका कारण निगमले मूल्य समायोजन गर्न आनाकानी गर्दै आएको थियो ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल आयल निगम, #पेट्रोलियम पदार्थ
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्