प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न एकीकृत समाजवादीका शीर्ष नेता बालुवाटारमा
काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सहभागि हुन लागेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् । अध्यक्ष माधवकुमार नेपाल सम्मानित नेता झालनाथ खनाल महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालालाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् ।
अहिले प्रधानमन्त्री र समाजवादीका नेताहरुबीच छलफल भइरहेको छ । सरकारमा सहभागी हुने तयारीमा रहेको एकीकृत समाजवादीले गृहसहित तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको छ । तर, गृह मन्त्रालय माओवादी केन्द्र आफैले राख्ने बताउँदै आएको छ ।
एकीकृत समाजवादीले गृहको दाबी गरेपनि सहमतिमा अन्य कुनै तीन मन्त्रालय पाए सहमति जुट्ने नेताहरूले बताउदै आएका छन् । आजै साँझ ४ बजे सत्ता गठबन्धनको बैठक बस्दैछ ।
बैठकमा कुरा मिले आजै मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ । नेकपा एकीकृत समाजवादीले केन्द्रमा तीन मन्त्री र सातै प्रदेशमा एक एकजना भएपनि मन्त्री र एक प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने र यो विषयमा प्याकेजमा सहमति गर्नुपर्ने माग अघि सारेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्