सरकारी सबै वेबसाइटको पुराना लिंक हटाउन प्रधानमन्त्री कार्यालयले दियो निर्देशन
काठमाडौं । सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना वेबपेजका सामग्री र लिंक हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले निर्देशन दिएको छ ।
नयाँ वेबसाइट बनाउने क्रममा पुराना साइटमा रहेका डेटाहरु नयाँ साइटमा कतिपय सरकारी निकायले स्थानान्तरण नगरेको कारण सर्भरमा भार तथा साइबर सुरक्षामा अत्यधिक जोखिम रहेकोले ती लिंक, फाइललगायतका सामग्रीहरु हटाउन निर्देशन दिएको बताइएको छ ।
नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डेटावेसलगायतका सामग्रीहरु स्वतः स्थानान्तरण गर्नुपर्नेमा त्यसो नगरिएकोले निर्देशन दिनु परेको प्रधानमन्त्रीका आइटी विज्ञ प्रकाश रायमाझीले बताए ।
सरकारका विभिन्न निकायले निजी क्षेत्रका प्राविधिक सेवा दिने कम्पनीहरुसँग परामर्श सेवा लिएर वेबपेज निर्माण गरेको हुँदा समयमै अपडेट नहुने, निकायपिच्छे नै सुरक्षा जोखिम रहने अवस्था भएकाले प्रधानमन्त्री कार्यालयले एउटै वेब टेम्प्लेट प्रयोगका लागि समेत तयारी गरिरहेको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्