अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भयो नयाँ सुरक्षा सम्झौता
काठमाडौं । संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच नयाँ सुरक्षा सम्झौता भएको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक र अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी एल्बानिजले संयुक्त पत्रकार सम्मेलन गर्दै त्रिपक्षीय नयाँ सम्झौताको जानकारी गराएका हुन ।
डेढ वर्षअघि त्रिदेशीय सुरक्षा छाता ‘औकस’ बनाएका यी शक्तिशाली ३ देशबीच अमेरिकाको क्यालिफोर्नियामा भएको वार्ताबाट नयाँ सुरक्षा रणनीतिमा सहमति गरेका हुन्। सहमति अनुसार अष्ट्रेलियाले अमेरिकाबाट आणविक क्षमतासहितका ३ वटा पनडुब्बी खरिद गर्ने भएको छ।
अष्ट्रेलियाले सन् २०३० भित्र अरु २ वटा पन्डुब्बी पनि खरिद गर्न सक्ने जनाइएको छ। इण्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो प्रभाव रोक्नका लागि यी ३ देशबीच औकस गठबन्धन बनेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनडुब्बीमा आणविक हतियार नहुने र आणविक मुक्त देश हुने अष्ट्रेलियाको प्रतिबद्धतालाई खतरामा नपार्ने दाबी गरेका छन् ।
यस्तै बेलायतका प्रधानमन्त्री ऋषि सुनकले चीनले ‘विश्व व्यवस्थालाई चुनौती दिएको’ र यसलाई गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । सन् २०२७ बाट, अमेरिका र बेलायतले पश्चिमी अष्ट्रेलियाको पर्थमा आरएएन आधारमा थोरै संख्यामा आणविक सब्सहरू राख्नेछन्।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्