अभिनेता पल शाहलाई उच्च अदालत पोखराले दियो सफाई, सोमबार रिहा हुने
काठमाडौं । बलात्कार अभियोगमा जेल परेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेर सफाई दिएको हो । यो फैसलासँगै पल शाह एक वर्षपछि जेलमुक्त हुने भएका छन् ।
उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय सुनाएको थियो । बलात्कारको अभियोग दर्ता भएपनि नवलपुर जिल्ला अदालतले बाल यौन दुर्व्यवहारमा दोषी ठहर गरेको थियो ।
तनहुँ जिल्ला अदालतले भने शाहलाई निर्दोष ठहर गरेको थियो। एउटै व्यक्तिले शाहविरुद्ध दुई वटा जिल्लामा बलात्कारको उजुरी दिएकी थिइन् । प्रहरीमा बलात्कारको उजुरी दिएकी जाहेरवालाले अदालतमा भने उजुरी झुटो भएको बकपत्र गरेकी थिइन् । शाह एक वर्षयता कारागारमा छन्। न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएपछि शाह सोमबार रिहा हुने भएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पल शाह, #बलात्कार अभियोग
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्