सत्ता गठबन्धन संकटउन्मुख, पूरानै गठबन्धन ब्यूँताउने देउवा प्रचण्ड सहमति नजिक
काठमाडौं । पुस १० गते पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउदा बनेको गठबन्धन संकट उन्मुख देखिएको छ । राष्ट्रपतिको उम्मेदवार चयनका लागि सत्ता गठबन्धनमा खटपट भएपछि समस्या उत्पन्न भएको हो ।
प्रधानमन्त्री प्रचण्ड सहमतिय राष्ट्रपति बनाउने भन्दै नेकपा एमालेलाई दिन नसकिने अडानमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुभाव नेम्वाङ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मध्ये एकलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव गरेका छन् । तर, प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपतिको उम्मेदवार दिने गरी छलफल अघि बढाएका छन् ।
बुधबार साँझ कांग्रेस प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का लगायत नेताहरु बालुवाटार पुगेका थिए। कांग्रेसका उमेद्वारलाई साथ दिने र पुरानै गठबन्धन ब्यूताउने गरी सहमति भएको बताइएको छ । ४ बर्ष प्रचण्ड र १ बर्ष माधव नेपाल प्रधानमन्त्री हुने गरी कांग्रेसलाई राष्ट्रपति दिने नेताहरुले छलफल चलाएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गठबन्धन संकट उन्मुख, #समस्या उत्पन्न
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्