Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

एकै पटक ५ सय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्यो विश्व कीर्तिमान


काठमाडौं । नेपाली सेनाले एकैपटक ५ सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान राखेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधिले हस्तान्तरण गरेका हुन ।

सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका अवसरमा टुँडिखेलमा यही फागुन ४ गते ५ सय ५५ वटा मादल बजाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र उपलब्ध गराइएको गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि सागर कटुवालले जानकारि दिए । देशभरबाट जम्मा भएका सेनाका मादल बादकले नेपालको मौलिक बाजा मादललाई प्रवर्द्धन गर्ने हिसाबले नौलो र पहिलो प्रयास गरेका थिए ।

ठूलो सङ्ख्याले एकै पटक विभिन्न तालमा बजाएर कायम गरेको रेकर्ड वर्ल्ड रेकर्डमा सङ्ग्रहित गरिएको छ । गायक निर्णय एनएसकेले देशमा व्यापकरूपमा प्रयोग हुने बाजाहरूको सूचीमा मादल नै पहिलो नम्बरमा रहेकाले सेनाले गरेको विश्व रेकर्डले नेपालाई संसारभर परिचित गराउन सफल भएको बताएका थिए ।

मादल नेपाली समाजमा अत्यधिक प्रयोगमा आउने बाजामध्ये प्रमुख रहेको छ । नेपाली मौलिक चाड दशैँ, तिहार, सङ्क्रान्ति, देउसी, भैलो, जात्रालगायतका अरु विभिन्न चाडपर्वमा सबै जाति र समुदायले अपनत्व ग्रहण गर्ने साझा बाजाका रूपमा मादललाइ लिने गरिएको पाइन्छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #५ सय ५५ वटा नेपाली मौलिक बाजा, #बाजा मादल, #विश्व कीर्तिमान

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं