चितवन–२ मा वैशाख १० गते हुने भयो उपनिर्वाचन
काठमाडौं । निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम २०८० साल वैशाख १० गते आइतबार चितवन क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता सम्बन्धि विवादमा परेपछि उपनिर्वाचन हुन लागेको हो । रवि लामिछानेलाई अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया अघि नबढाइएको भन्दै सर्बोच्च अदालतको फैसलाले अनागरिक बनाइदिएको थियो ।
स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा उपप्रधान सहित गृहमन्त्री पाएका लामिछानेको सर्बोच्चको फैसलापछि सबै पद गुमेको थियो । पुन नागरिकता लिएपछि लामिछाने रास्वपाको सभापति चयन भइसकेका छन् । लामिछाने पुनः चितवन २ बाट उपनिर्वाचन लड्ने तयारी गरिरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट उमेश श्रेष्ठ पनि फेरि चुनाव लड्ने तयारी गरिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #निर्वाचन आयोग, #वैशाख १० गते उपनिर्वाचन
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्