एमाले अध्यक्ष ओलीले भने अवको राष्ट्रपति हामीले जो भन्छौ त्यही हुन्छ
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको राष्ट्रपतिबारे छोटो प्रतिक्रिया दिएका छन् । उनले पत्रकारहरुको प्रश्नमा आफूहरुले भनेकै व्यक्ति राष्ट्रपतिमा आउने बताएका हुन ।
राष्ट्रपतिको सम्बोधनपछि संसद भवनबाट बाहिरिने क्रममा अबको राष्ट्रपति को हुन्छ भन्ने प्रश्नमा ओलीले भने– हामीले जो भन्छौं उही हुन्छ । अध्यक्ष ओलीले सुदूरपश्चिमको सरकार ढलेपछि केन्द्रमा के हुन्छ भन्ने प्रश्नको उत्तरमा भने हेर्दै जाउँ के हुन्छ ।
ओलीले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई संसदबाट निस्केपछि आफ्नो गाडीमा चढाएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधन सकिए लगत्तै संसदबाट बाहिरिएका ओलीले ठाकुरलाई आफ्नो गाडीमा चढाएर लगेका हुन् । ओली निवास बालकोटमा दुई नेताबीच संवाद भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #केपी शर्मा ओली, #पत्रकारहरुको प्रश्न, #राष्ट्रपतिबारे छोटो प्रतिक्रिया
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्