Techie IT
  • २५ जेठ २०८३, सोमबार
KhojPatrika

संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध


काठमाडौं । प्रतिनिधिसभा बैठक मंगलबारसम्मलाई स्थगित भएको छ । सोमबार सवा १ बजे १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टास गरि मंगलबार दिउसो १ बजे सम्मलाई स्थगित भएको जानकारी गराइएको हो । प्रधानमन्त्री बालेन शाहले केही दिन अघि संसद्बाटै नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएसँगै विपक्षीहरू दलहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

सोमबारको बैठकमा सभामुख डीपी अर्यालले बैठक सुरु भएको जानकारीसहित कार्यसूची पेस गर्ने बताएसँगै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । सभामुखले दलीय आधारमा बोल्न समय दिएपछि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका थिए ।

बैठकमा नेकपा एमालेले प्रधानमन्त्री साहले संसदमा नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति फिर्ता लिँदै क्षमायाचना गरेर मात्र संसदको कारबाही अघि बढाउन माग गरेको छ । एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले पटक–पटक ध्यानाकर्षण गराए पनि सरकारले त्यसतर्फ चासो नदिएको महशुुस भएको बताइन् । उनले संविधानको अनुसूची संशोधन गरी उक्त नक्सालाई संविधानको अंग बनाइएको स्मरण गराउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग रहेको दोहो¥याइन् ।

यस्तै, आर्थिक विधेयकमा अर्थमन्त्रालयले गरेको करको दर हेरफेरको विषयमा समेत उनले प्रश्न उठाइन् । करको दर हेरफेरको विषयलाई गम्भीर रुपमा लिँदै उपनेता अर्याल र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारको ध्यानाकर्षण गराएका हुन् । करका दर हेरफेरको विषय सीमित अर्थमन्त्री र अर्थमन्त्रीज्यूले स्वीकृत गरेका व्यक्तिबाहेक अरुलाई थाहा नहुने बताउदै राप्रपा नेता शाहीले सूचना लिक भएर ७५३ वटा गाडी केरला नाकाबाट भित्राइएको आरोप लगाए ।

उनले करको दर हेरफेरको विषयमा छानविन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र अर्थमन्त्रीलाई राज्यद्रोह्रको मुद्धा समेत लाग्नुपर्ने बताए । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाई दिन सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरे । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्ति संसदमा नै आएर नसच्याई संसद बैठक चल्न नदिने विपक्षहरुको अडान रहेको स्पष्ट पार्दैै सदन सुचारु गराउनका लागि वातावरण बनाउन सभामुख अर्यालसँग अनुरोध गरेका हुन् ।

नेता पुनले प्रधानमन्त्री साहले दिएको उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग पनि दोहो¥याए । बैठकमा नेपाली कांग्रेसका सांसद संतोष सुब्बाले प्रत्येक गम्भीर घटनालाई विषयान्तर गरेर अन्तैतीर मोडीने निरन्तरता कहिलेसम्म हो भन्दै्र प्रश्न गरे । उनले प्रधानमन्त्रीको अभिव्यक्तिको घोर भत्र्सना गर्दै अविलम्ब संसद सुचारु गर्ने वातावरण बनाउन सभामुखलाई आग्रह गरे । संसदप्रती उत्तरदायी भएर प्रधानमन्त्रीले नेपालले कहा कहा नेपालले भारतको भूमी मिचेको रहेछ भन्ने जानकारी दिनुपर्ने बताए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री स्वयंले त्यसको तथ्यगत पुष्टि गर्नुपर्ने बताए । अन्यथा नेपाली जनतासमक्ष आफ्नो भनाइ सच्याउनुपर्ने उनको भनाइ छ । राईले प्रधानमन्त्रीको अभिव्यक्ति नसच्याइएसम्म अन्य विषयमा बहस गर्नु अर्थहीन हुने टिप्पणी गर्दै राष्ट्रिय भूगोल र सार्वभौमिकताको रक्षा राज्यको पहिलो दायित्व भएको बताए ।

उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सीमासम्बन्धी संवेदनशील विषयमा अनावश्यक अन्योल सिर्जना गरेको दाबी गरे । उनले नेपाली भूमिमा सेना तैनाथ गर्न समेत सरकारको ध्यानाकर्षण गराए । यसैबीच सीमा विवादबारे विपक्षी दलहरूले उठाएका विषयमा सरकार गम्भीर रहेको विश्वास सभामुख डोलप्रसाद अर्यालले व्यक्त गरेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं