करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बजेट निर्माण हुनुअघि नै करका दर हेरफेर हुन लागेको सूचना चुहावट भएको विषयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग जवाफ माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा उनले करका दरको जानकारी अर्थमन्त्री बाहेक कसैलाई नहुने अवस्थामा सूचना चुहावट हुनु गम्भीर विषय भएको भन्दै शाहीले अर्थमन्त्री वाग्लेमाथि संसदीय छानविनि हुनुपर्ने समेत बताए । उनले करका दर परिवर्तन हुने सूचना चुहावटकै आधारमा ७५६ वटा गाडी केरला नाकाबाट नेपाल भित्रिएको समेत जिकिर गरे ।
उनले भने, ‘करका दरको विषयमा अर्थमन्त्रीबाहेक कसलाई थाहा हुन्छ ? त्यो कुरा स्वयं अर्थमन्त्री र उनले स्वीकृत गरेको व्यक्तिबाहेक अरु कसैलाई पनि थाहा हुँदैन । तर आज सूचना लिक भएर ७५६ वटा गाडी केरला नाकाबाट भित्रिन्छन्, १४ गते भन्सार पास गरिन्छ । अनि जेठ २० गते गाडी आउँछन् । अनि यो चुहावट कसले गर्यो रु अनि सरकारले आफैंले छानविन समिति बनउँछ ।
आफैंले समिति बनाएर कर्मचारी डाम्नेतिर जान्छ । बजेट बन्दाखेरी करका दरको हेरफेर गर्ने कुरा अर्थमन्त्रीबाहेक कसैलाई थाहा हुँदैन । त्यसको दुरुपयोग गरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभामुख महोदय । आजको कसको आधारमा गरियो यसको जवाफ अर्थमन्त्रीले संसदमा दिनुपर्छ ।’
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्