Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

चौध बर्षदेखि स्ववियू निर्वाचन हुन नसक्दा नेता चयन गर्ने बाटो नै बन्द


काठमाडौं । लामो समयसम्म स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नहुँदा नेता चयन गर्ने बाटो नै बन्द भएको छ । बिद्यार्थी राजनीतिबाट दलीय राजनीतिमा फड्को मार्ने माध्यम स्ववियू चुनाव भएपनि १४ बर्षदेखि नै अवरुद्ध छ । करिव डेढ दशकदेखि रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत ५ गते गर्ने त्रिभुवन विश्वबिद्यालयले निर्णय नै गरेको छ । प्रत्येक २/२ बर्षमा गर्नुपर्ने स्ववियू निर्वाचन बल्ल तल्ल गर्न लागिएको छ । तर, पटक–पटक स्थगित हुँदै आएको निर्वाचन हुनेमा अझै आंशका भने कायमै छ ।

२०६५ सालयता स्ववियूको निर्वाचन नियमित हुन सकेको छैन । पञ्चायतकाल, सशस्त्रद्वन्द्व, राजाको प्रत्यक्ष शासनकालमा पनि नियमित हुँदै आएको निर्वाचन लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि भने अनेक बाहनाका कारण १४ बर्षदेखि नियमित रुपमा हुन सकेको छैन । जसका कारण नेता बनाउने थलो उपयोग हुन सकेको छैन । यो १४ बर्षमा बिद्यार्थी राजनीति गर्ने नेताहरु नै बिभिन्न दलका केन्द्रीय सदस्य भइसकेका छन् । तर, उनीहरु पछि चयन हुनुपर्ने बिद्यार्थी नेताले प्रतिष्पर्धा नै गर्न पाएका छैनन् ।

नेकपा एमाले निकट अनेरास्वयूका समिक बराल विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको बताउछन । विगत लामो समयदेखि स्ववियुको निर्वाचन रोकिदै आएपनि यस पटक रोक्ने चेष्टा नगर्न अन्य संगठनलाई चेतावनी दिन्छन् । विश्वविद्ययालले स्ववियू निर्वाचन गर्न खुट्टा कमाउन नहुने उनको आग्रह छ । चैत ५ गते स्ववियू निर्वाचनको मिति तय भएपछि बिद्यार्थीहरु समेत खुसी भएका छन् । उनीहरुको एउटै चाहना छ विगतमा जस्तो कुनै बाहनामा पनि चुनाव रोक्न पाइदैन ।

विद्यार्थीहरुलाई अर्को त्रास पनि छ बिभिन्न दलीय बिद्यार्थी संगठनले आफू हार्ने भएपछि निर्वाचन गर्न दिदैनन् कि भन्ने । तर, त्रिबिलाई उनीहरुले समयमै निर्वाचन गराउन आग्रह गर्छन । स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ । पछिल्लो पटक उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक २०७३ सालमा आङ्गिक रुपमा केही क्याम्पसमा निर्वाचन भएको थियो । पटक–पटक तोकिएको निर्वाचन स्थगित हुँदा नेता उत्पादनमा समस्या परिरहेको मात्रै छैन त्रिबिमाथि पनि अनेकौं प्रश्न उठिरहेका छन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #बिद्यार्थी राजनीति, #स्वतन्त्र विद्यार्थी युनियन, #स्ववियू चुनाव

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं