शिक्षाको गुणस्तर सुधार्न तीनै तहका सरकार लाग्नुपर्छः प्रदेश सभा सदस्य घिमिरे

अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले शिक्षाको गुणस्तर सुधार गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिएका छन् ।
जिल्लाको पाणिनि गाउँपालिका–५ मा रहेको भानु माध्यमिक विद्यालय मैदानको शिक्षक सम्मान तथा बिदाई कार्यक्रममा घिमिरेले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका हुन ।
घिमिरेले मुलुकको समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउँदै शिक्षा सुधारमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । उनले मुलुकको समग्र विकासको लागि पहिलो कुरा शिक्षामा सुधार गर्नुपर्छ भन्दै उनले भने शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर छ ।
उनले स्रोत र साधनको अभावका बिच पनि सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक रहेको स्पष्ट पारे । विद्यार्थीलाई पढ्दै कमाउँदै खालको वातावरण सिर्जना गर्न उनले पालिकालाई सुझाव समेत दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रदेश सरकार, #रामजीप्रसाद घिमिरे
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्