मेला–महोत्सवले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुर्याउछः प्रदेश सभा सांसद घिमिरे
अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले मेला–महोत्सवले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताएका छन् ।
पाचौं अर्घाखाँची महोत्सवको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य घिमिरेले औद्योगिक तथा व्यापारिक मेला–महोत्सवले जिल्लाको विकास सँगसँगै मुलुककै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भुमीका खेल्ने विश्वास व्यक्त गरेका हुन ।
उनले मेला–महोत्सवमा स्थानीय उत्पादित सामाग्रीले स्थान पाउँनुपर्नेमा जोड दिए । घिमिरेले भने औद्योगिक तथा व्यापारिक मेला–महोत्सवले सम्रग जिल्लाको मात्रै नभएर देशकै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
यस्ता मेलाहरुमा बढीभन्दा बढी स्थानीय रुपमा उत्पादित सामग्रीलाई स्थान दिनुपर्छ। घिमिरेले नयाँ सरकार बनेसँगै जनताको निराशा हराउँदै अर्थतन्त्र सुधार हुनेमा अपेक्षा गरे ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्