मेला–महोत्सवले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुर्याउछः प्रदेश सभा सांसद घिमिरे
अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले मेला–महोत्सवले मुलुकको अर्थतन्त्र सुधारमा टेवा पुग्ने बताएका छन् ।
पाचौं अर्घाखाँची महोत्सवको उद्घाटन समारोहमा प्रदेश सभा सदस्य घिमिरेले औद्योगिक तथा व्यापारिक मेला–महोत्सवले जिल्लाको विकास सँगसँगै मुलुककै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भुमीका खेल्ने विश्वास व्यक्त गरेका हुन ।
उनले मेला–महोत्सवमा स्थानीय उत्पादित सामाग्रीले स्थान पाउँनुपर्नेमा जोड दिए । घिमिरेले भने औद्योगिक तथा व्यापारिक मेला–महोत्सवले सम्रग जिल्लाको मात्रै नभएर देशकै अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
यस्ता मेलाहरुमा बढीभन्दा बढी स्थानीय रुपमा उत्पादित सामग्रीलाई स्थान दिनुपर्छ। घिमिरेले नयाँ सरकार बनेसँगै जनताको निराशा हराउँदै अर्थतन्त्र सुधार हुनेमा अपेक्षा गरे ।
क्याटेगोरी : पर्यटन, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्