Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

फागुन अन्तिम साता राष्ट्रपतिको चुनाव, निर्वाचन आयोगले थाल्यो तयारी


काठमाडौं । राष्ट्रपति चुनावको लागि निर्वाचन आयोगले तयारी गर्न थालेको छ । फागुन अन्तिम साता राष्ट्रपतिको चुनाव गर्ने गरी तयारी थालिएको हो । सभामुख र उपसभामुख चयनसँगै राजनीतिक दलहरूको ध्यान अहिले राष्ट्रपति निर्वाचनमा केन्द्रीत हुन थालेका छन् । राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावसम्बन्धी ऐनमा पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि नै चुनाव गर्नुपर्ने व्यवस्था छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गएको २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा चयन भएकी थिइन । नेपालको संविधान अनुसार राष्ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । सोही अनुसार फागुन २९ गते भित्रै राष्ट्रपति निर्वाचित भइसक्नुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका बारेमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका थिए । मिति घोषणा गर्न आयोगले मंगलबार महान्यायाधिवक्ता, गृहसचिव र कानुन सचिवसँग परामर्श समेत गर्दैछ ।

राष्ट्रपतिको चुनावमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य मतदाता हुन्छन् । त्यसअनुसार राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाका २ सय ७५ र प्रदेश सभाका ५ सय ५० गरी कुल ८ सय ८४ जना मतदान गर्न योग्य हुनेछन् । जनसङ्ख्याको आधारमा मतभार पनि तोकिएको छ । ०७८ सालमा भएको जनगणनाको अन्तिम तथ्याङ्क अहिलेसम्म सार्वजनिक नभएकाले ०६८ को जनगणनाअनुसारको मतभारअनुसार गणना हुनेछ । बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुने व्यवस्था छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #निर्वाचन आयोग, #फागुन अन्तिम साता, #राष्ट्रपति चुनाव

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं