कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सभा सचिवालयमा विश्वासको मत लिने बारेको प्रस्ताव पत्र दर्ता गरेका हुन ।
मुख्यमन्त्री शर्माले शुक्रबार दिउँसो एक बजे बस्ने बैठकबाट विश्वासको मतका लागि पत्र दर्ता गराएको प्रदेश सभाले जनाएको छ । उनले कर्णाली प्रदेश सभा सचिवालयमा बुधबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका थिए ।
शर्माको विश्वासको मतको विषयमा भोलिको सर्वदलिय बैठकमा छलफल निर्णय गर्ने बताइएको छ । मुख्यमन्त्री राजकुमार शर्माले पनि भोलि नै विश्वासको मत लिने जानकारी दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
तपाईको कमेन्ट लेख्नुहोस्