Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

कांग्रेसको संसदीय दलले गर्यो यस्तो निर्णय, सांसदलाई प्रभावकारी भूमिका निभाउन निर्देशन


काठमाडौं । नेपाली कांग्रेसले संघीय संसद्‌मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको हो ।

सिंगो पार्टी एकताबद्ध र एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको बताइएको छ । बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा प्रतिनिधिसभामा विजयी गराएकोमा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन पनि गरेको छ ।

बैठकले पार्टीका नेता तथा कार्यकर्ताले दललाई हालको भूमिकामा पुर्‍याउन योगदान दिएकामा समेत धन्यवाद दिएको हो । स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेकामा कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई आभार व्यक्त गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकले संविधानसभा सदस्य तथा पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोकप्रस्ताव पारित गरेको छ । कांग्रेसले प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनुभन्दा पहिला केही महत्वपूर्ण जानकारी नवनिर्वाचित सांसदलाई दिनका लागि बैठक आयोजना गरेको थियो ।

पुस २५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन् । संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एकताबद्ध, #भूमिका सशक्त

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं