Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

राष्ट्रपति निवास शितलनिवासमा प्रचण्डको सपथमा देखिएका केही रोचक दृश्य


काठमाडौं । तेश्रो दल, त्यो पहिलो कांग्रेस अनि दोश्रो एमाले भन्दा आधा सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चलाखपूर्ण तरिकाले तेश्रो पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्दाका कतिपय दृश्य रोचक र चाखपूर्ण बनेका छन् । कांग्रेससँगको गठबन्धन तोडेर दोश्रो दल एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्रलाई समेत आफ्नो पक्षमा उभ्याएका प्रचण्डको सपथग्रहण समारोहका कतिपय गतिबिधि हेर्न लायक बने ।

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार भएको प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा कांग्रेस सभापति समेत रहेका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पुरै समय बस्नै सकेनन । प्रधानमन्त्रीका रुपमा प्रचण्डले सपथ लिने क्रममा देउवाले देखाएका हाउभाउले पहिलो दलका रुपमा आफूले पद गुमाउनुपरेको छटपटीसँगै निरासा झल्किन्थ्यो । शपथ ग्रहण शुरु हुनै लाग्दा बिशिष्ट ब्यक्तिहरु उठेर शिष्टता प्रदर्शन गर्दा देउवाले अलमलिएर उठ्न पनि गाह्रो माने ।

शपथ ग्रहणमा सहभागी उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना, कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्की लगायत प्रमुख दलका शीर्ष नेताहरु अन्तिम समयसम्म बसेपनि देउवा प्रचण्डलाई बधाई दिएर उपप्रधानमन्त्री एवंम मन्त्रीहरुको सपथ बिचैमा छाडेर शितल निवासबाट बाहिरिए । यता, सपथग्रहण समारोहमै एमाले पार्टी विभाजनपछि पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र एमाले फुटाएर नेकपा एस गठन गरेका माधव कुमार नेपालको जम्काभेट भयो ।

मञ्चमा दुबैजनासँगै बसेकोले दुबैले मौनता तोडे । विगतका सहयात्री ओली र नेपालको जम्काभेटले विगतको तिक्तता मेटाउन केही मद्धत गरेको छ । तेस्रो पटक प्रधानमन्त्री भएपनि पहिलो चोटी दौरा सुरुवालमा देखिएका प्रचण्ड पोशककै कारण केहि असहज महसुुस गरिरहेका देखिन्थे ।मन्त्रीहरुको शपथको बेला नाम बोलाइएपनि ज्वालाकुमारी साह उपस्थित भइनन्,पछि कार्यक्रम स्थल पुगेकि शाहले यसरी छुट्टै शपथ लिएकी थिइन् ।

यता, चुनावी मौदानमा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत सपथ ग्रहण समारोहमा पुग्दा सँगसँगै बसेका थिए । यादवले हार स्विकार गर्दै राउतलाई चुनावी परिणामपछि भेटेर नै बधाई दिएपनि शितल निवासमा खुलेर बोलचाल भएन । उनीहरुको मौनताले समेत राजनीति भित्रको तिक्तता झल्काएको थियो । प्रचण्डको कुटिल चालबाजीसँगै फेरिएको सत्ता समिकरणले संसद र विभिन्न राजनीतिक भेटघाटमा देखीने अन्य कांग्रेस नेताहरुको हाउभाउको प्रतिक्षा भने बाँकी नै छ ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं