Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

जनताले महसुस गर्ने गरी सेवा गर्छौः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्ले आशा जगाएकाले जनतामा आशा जागेको बताएका छन् । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री प्रचण्डले आशा लाग्दो मन्त्रिपरिषद् भएकाले जनतामा पनि आशा जागेको दाबी गरेका हुन् ।

यस्तै उनले जनतालाई दुःख दिने काम नगर्ने पनि बताए । पासपोर्ट लाइसेन्समा समस्या देखिएको बताउँदै उनले त्यसलाई समयमै समाधान गर्ने दाबी गरे । ुजनतामा र आमरूपमा एउटा आशा र भरोसा बढेको देखिएको छ ।

मैले महसुस गरेको कुरा त्यो हो । हाम्रो अगाडि र देशको अगाडि थुप्रै जटिलता र चुनौती छन् । तर, यो मन्त्रिपरिषद जस्तो किसिमले बनेको छ र गएको निर्वाचनमा मतदानमा जस्तो प्रकृतिको परिणाम देखिएको थियो त्यसलाई समेटेको छ ।

यस्तै नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिनिधि सभाको बैठक बोलाउने बारे पनि निर्णय गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकअघि दाहालले सोमबार साँझ सिंहदरबारमा पदवहाली गरेका थिए ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री प्रचण्ड, #मन्त्रिपरिषद्

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं