सरकार गठनमा सीके राउतको असन्तुष्टिः पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत सरकार गठनमा सहभागि भएपनि असन्तुष्टि जनाएका छन् । उनले पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा देखिएको भन्दै सामाजिक सञ्जालमा तितो पोखेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका राउतले आफूले सोचेभन्दा धेरै ज्ञान र वितृष्णा देखिएको बताएका हुन ।
उनले ट्वीटरमा लेखेका छन्, सत्ताको पहिलो क्लास आज पहिलो क्लासमै यति धेरै ज्ञान र वितृष्णा होला जस्तो लागेको थिएन। बस म त सुनिरहें।
काँधमा लाखौं जनताको अपेक्षा र जिम्मेवारी नभइदिने आफू कतिखेर राजनीतिबाट पनि सन्यास लिइने उनको भनाइ छ । उनले अगाडि लेखेका छन्, तर आफैं जलेर, कालो खरानी बने पनि, उज्यालो पार्नु छ रे मेरो नियति।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पहिलो क्लासमै, #सीके राउत
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्