सुस्त गतिमा चलेको नेपाल औषधि लिमिटेड, ४ प्रकारका मात्रै औषधि उत्पादन

काठमाडौं । ८ वर्ष बन्द भएर ६ वर्षअघि पुनः सञ्चालनमा आएको सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले यसबीचमा २५ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिएको थियो । तर, औषधि लिमिटेड अहिले पनि ४ वटा मात्रै औषधि उत्पादनमै सीमित छ । उत्पादन हुदै आएको औषधी पनि आत्म निर्भर हुने खालका छैनन् । जसका कारण फेरि औषधी लिमिटेड धरासायी बन्दै गएको छ ।
नेपालमा निजी क्षेत्रका पचासभन्दा बढी उद्योगको औषधि उत्पादन फस्टाइरहँदा सरकारी स्वामित्वमा रहेको उद्योग भने आफैं विरामी अवस्थामा छ । नेपाल औषधी लिमिटेड ८ बर्ष बन्द भएर पुनः सञ्चालनमा आए पनि कम्पनिले अझै घाटामा छ । सञ्चालनमा आएको केही बर्ष त कम्पनिमा कार्यरत कर्मचारीलाइ तलब भक्ता खुवाउन समेत सरकारको भरपर्नुपर्ने अवस्था थियो ।
पछिल्ला केही बर्ष लिमिटेडमा उत्पादन भएका औषधी र विभिन्न दातृनिकायको सहयोगले अहिले सम्म जेनतेन टिकिरहेको छ । अहिलेपनि बार्षिक करौडोैको घाटामा सञ्चालित रहेको जनाउदै आएको लिमिटेड पुनः धरासायी बन्दै गएको छ । लिमिटेडबाट अहिलेसम्म जिवनजल, स्यानिटाइजर, ग्लिसिन पारासिटामोल मात्रै उत्पादन हुदै आएको छ ।
लिमिटेडबाट पारासिटामोल दैनिक ३ लाख लाख भन्दा बढी पत्ता उत्पादन हुदै आएको छ । नयाँ उत्पादन नभएपनि सिटामोल जिवनजल र ग्लिसिनको उत्पादन भने बढाइएको लिमिटेडको दाबी छ । तर औषधी लिमिटेडमा तङग्रिने अवस्थामा देखिएको छैन् । नेपालमै उत्पादन सम्भव भएका औषधी उप्पादनमा समेत सरकारको चासो देखिएको छैन् ।
उता नेपालका लागि आवश्यक पर्ने करिब ५५ प्रतिशत औषधि अन्यदेशबाट आयत गर्नुपर्ने अवस्था छ । नेपालमै उत्पादन भएका औषधीहरुपनि निजि क्षेत्रलाई नै सुम्पिएर सरकारी स्वामित्वका कम्पनिहरुको स्तरउन्नतिमा सरकारको ध्यान जान सकेको छैन् । विश्व स्वास्थ्य संगठनको कुशल निर्माण विधि (जीएमपी) मापदण्ड पूरा नगरेको भन्दै सरकारले २०२९ सालमा स्थापना गरेको नेपाल औषधी लिमिटेड २०६६ सालमा बन्द गरेको थियो ।
२०७४ बैशाख २४ गते पुन सञ्चालनमा आएको थियो । तर अहिले केहिलाई रोजगारी दिने काम भएपनि नाफामुलक हुन सकेको छैन् । करोडो मुल्य पर्ने उपकरण तथा भएका जनशक्तिहरुको समेत सहि सदुपयोग हुन सकेको छैन् । पछिल्ला दिनमा नेपालमा औषधि, उत्पादन वृद्धि हुँदै गए पनि अझै परनिर्भर बन्नुपर्ने अबस्था बिद्यमान छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेपाल औषधि लिमिटेड, #पारासिटामोल, #सुस्त गति
तपाईको कमेन्ट लेख्नुहोस्