कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा र गगन थापाबीच प्रतिष्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि केहीबेरमा मदतान हुदैछ । बिहान ८ बजेदेखि मतदान गर्ने कार्यतालिका छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहरदरबारमा हुने मतदान बिहान १० बजेसम्म चल्नेछ ।
मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ । यसपटक दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिष्पर्धामा उत्रिएका छन् ।
गगनलाई नेता शेखर कोइरालासहित महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलले समेत साथ दिएका छन् भने देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायतको साथ रहेको छ ।
देउवा र थापाले मंगलबार नै मनोनयन दर्ता गरेका थिए । कांग्रेसका प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् । दलको नेता चयन हुनका लागि बहुमत अर्थात ४५ मत ल्याउनुपर्ने छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कसले मार्ला बाजी, #नेपाली कांग्रेस संसदीय दल, #मतदान गर्ने
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्