कसलाई बनाउला राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता
काठमाडौं । संसदको नवप्रवेशी राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार संसदीय दलको नेता चयन गर्न लागेको छ । बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकले सांसदलाई प्रशिक्षण दिनुका साथै संसदीय दलको नेता चयन गर्ने प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।
सभापति रवि लामिछानेलाई नै दलको नेता चयन गर्ने तयारी गरिएको छ । केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले सोही बमोजिम संसदीय दलले निर्णय गर्ने जानकारी दिए ।
स्वतन्त्र पार्टीबाट प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गर्दैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठनको आह्वान गरेसँगै दलहरू संसदीय दलको नेता चयनको तयारीमा जुटेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दलको नेता चयन, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्