कसलाई बनाउला राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता
काठमाडौं । संसदको नवप्रवेशी राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार संसदीय दलको नेता चयन गर्न लागेको छ । बुढानीलकण्ठस्थित एक होटलमा बस्ने बैठकले सांसदलाई प्रशिक्षण दिनुका साथै संसदीय दलको नेता चयन गर्ने प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।
सभापति रवि लामिछानेलाई नै दलको नेता चयन गर्ने तयारी गरिएको छ । केन्द्रीय समिति बैठकले प्रारम्भिक चुनावकै आधारमा दलको नेता चयन गर्न निर्देशन दिएको भन्दै ढकालले सोही बमोजिम संसदीय दलले निर्णय गर्ने जानकारी दिए ।
स्वतन्त्र पार्टीबाट प्रत्यक्ष चुनाव जितेका ७ र समानुपातिकबाट १३ गरी २० सांसद प्रतिनिधिसभामा पहिलोपटक प्रवेश गर्दैछन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सरकार गठनको आह्वान गरेसँगै दलहरू संसदीय दलको नेता चयनको तयारीमा जुटेका छन्।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दलको नेता चयन, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्