६० जना सवारी साधन चालकको लाइसेन्स निलम्बन प्रक्रियामा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा मात्रै ६० वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ । पाँचभन्दा बढी पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती अनुमति पत्र निलम्बनका लागि विभागमा पठाइएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएमा निलम्बन गर्न सकिने व्यवस्था गरेको छ । निलम्बनका लागि पठाइएकोमा एक चालक ४४ पटक कारबाहीमा परेका छन् ।
एकजना ३५ पटक, तीन जना २४ पटक र एकजना १४ पटक कारबाहीमा परेका छन् । त्यस्तै सात जना १२ पटक, दुई जना चालक सात पटक र ४५ जना छ पटक कारबाहीमा परेकाले लाइसेन्स निलम्बनको कारबाही अगाडि बढाइएको बताइएको छ । ट्राफिका नियम उल्लघंन गरिरहने चालकहरूबाट नै बढी सवारी दुर्घटना भएको तथ्यांकले समेत प्रष्ट पारेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ट्राफिक प्रहरी, #पत्र निलम्बन, #सवारी चालक अनुमति पत्र
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्