राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदलाई सञ्चार माध्यममा बोल्न र अन्तरवार्ता दिन रोक
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदलाई सञ्चार माध्यममा बोल्न रोक लगाइएको छ । पार्टीले सबै सांसदलाई पदको सपथ नलिएसम्म सार्वजनिक सञ्चार माध्यममा बोल्न र प्रतिक्रिया दिन प्रतिबन्ध लगाएको हो।
अहिले नै पार्टीको आधिकारिक नीति र विचार प्रस्ट नभएको, नयाँ सरकारमा हुने भूमिका खुलिनसकेको अवस्थामा सञ्चार माध्यममा अन्तर्वार्ता वा अन्य भनाइ नराख्न पार्टीले सांसदलाई निर्देशन दिएको एक नेताले जानकारी दिए । मंसिर ४ को निर्वाचनबाट संघीय संसदको चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका २० सांसद छन्।
उनीहरू कसैलाई पनि अहिले सार्वजनिक मिडियामार्फत आफ्नो भनाइ नराख्न पार्टीले आन्तरिक बैठकमा निर्देशन दिएको थियो । पार्टी सभापति रवि लामिछानेले सांसदका पछिल्ला अन्तर्वार्ता विवादित भएपछि नबोल्न निर्देशन दिएको बताइएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्