गृहमन्त्री खाँणले भने सहकारीको समस्या समाधानमा मेरो अग्रसरता रहन्छ
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि सरकारसँग विभिन्न कोषमा रहेको रकम बजारमा ल्याउन आवश्यक रहेको बताएका छन् ।
सहकारीमा वर्तमान समयमा देखिएको समस्याको सहजीकरण गर्न राष्ट्रिय सहकारी महासंघद्वारा गठित उपसमितिको आयोजनामा आइतबार महासंघ, राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनका संल्लाहकारहरुको काठमाडौंमा संयुक्त बैंठकमा उनले विश्वव्यापी रुपमा अर्थतन्त्रमा परेको असरले नेपालका बैंक वित्तिय क्षेत्र, उद्योग व्यवसायीमात्र नभएर सहकारी क्षेत्रमा समेत असर परेको बताए ।
खाँणले आर्थिक नीति र गतिविधिले मुलुकको सबै क्षेत्र प्रभावित हुँदा सहकारी क्षेत्र पनि प्रभावित भएको बताए । भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभामा अझै ठूलो सख्यामा सहकारीकर्मीहरुको प्रतिनिधित्व हुनुपर्नेमा समेत उनको जोड थियो ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको संयोजकत्वमा रहेको समस्या पहिचान तथा सहजीकरण उपसमितिका सदस्य सचिव महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती र समाधानका विषयमा धारणा राखेका थिए । बैंकका अध्यक्ष उप्रेतीले राज्यको विभिन्न कोषमा रहेको रकम सफ्ट लोनका रुपमा उपलब्ध गराउन समेत आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रि गुरागाईले समेत बैंकको आसन्न निर्वाचन सहितको साधारण सभाबारेमा विस्तृत जानकारी गराएका थिए भने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रकाश पोखरेलले कार्यक्रम संचालन गरेका थिए ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #गृहमन्त्री बालकृष्ण खाँड, #राष्ट्रिय सहकारी बैंक
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्