दोलखामा ३० वर्षे इतिहास ब्रेक गर्दै कांग्रेसका कुन्दराज काफ्ले विजयी
काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश १ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् ।
नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् । काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो शाख फर्काएको हो । २०५२ सालको उप-निर्वाचनमा स्वर्गीय नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनैपनि नेताले सफलता हात पार्न सकेका थिएनन् ।
कांग्रेसको ३० वर्षपछि शाख फिर्ता ल्याउँने को हुन काफ्ले
काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनिति सुरु गरेका थिए । काफ्ले स्ववीयु सदस्य हुदै पशुपति क्याम्पसको स्ववीयू सचिव–२०५७ मा बनेका थिए ।
वि.स.२०६० सालमा पशुपति क्याम्पस स्ववीयू सभापति बनेका काफ्ले लगतै अर्थात वि.स.२०६१ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बने ।त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले २०७३ सालमा नेपाल विद्यार्थी संघ केन्द्रीय महामन्त्री बनेका थिए ।
नेपाली कांग्रेस १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्यासी बने ।काग्रेस १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुदै २०७९ को आम निवार्चनमा दोलखा प्रदेश १ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कुन्दराज काफ्ले विजयी, #बागमती प्रदेश सभा सदस्य
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्