सरकार गठनमा माओवादी खुलेन,सबै विकल्प खुला राखेर अघि बढ्ने निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन छाड्ने निर्णय भने नगरेको भन्दै सबै विकल्प खुला राख्ने निर्णय गरेको बताए ।
उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिए । अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा बैठकमा भएको महराले जानकारी दिए ।
बैठकपछि महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने भन्दै वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने जानकारी गराए । बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।
राजनीतिक कोर्ष जता पनि जान सक्ने भन्दै उनले गठबन्धन अहिले यथावत नै रहेको बताए । सरकार गठनका लागि माओवादीले नेकपा एमालेसँग पनि छलफल गरिरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #प्रतिनिधि सभामा सीट, #विकल्प खुला राख्ने
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्