सुनसरी १ बाट जसपाका अशोक राई विजयी,स्वतन्त्र पार्टीकी गोमा तामाङ पराजित
काठमाडौं । सुनसरी १ बाट जनता समाजवादी पार्टीका नेता अशोककुमार राई निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई पराजित गर्दै राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६ सय ६ मत पाइन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भएका छन् ।
यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८ सय ८४, एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८ सय १२, अर्का स्वतन्त्र तर्कबहादुर मगरले तीन हजार ८ सय १८, कुमार कार्कीले एक हजार ८ सय ६४, मातृकाप्रसाद भट्टराईले एक हजार ७ सय ६० मत पाएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अशोककुमार राई
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्