नेकपा एमाले र माओवादी केन्द्रका महासचिव पराजित
काठमाडौं । कम्युनिस्ट पार्टीमा व्यवस्थापकीय र सांगठनिक हिसाबले निक्कै शक्तिशाली मानिने पद महासचिव हो । तर, एमाले र माओवादीका महासचिव संसदीय निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेका महासिचव शंकर पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए ।
लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका छन् । गतवर्ष भएको दुबै पार्टीको महाधिवेशनबाट महासचिवको रूपमा उदाएका थिए । तर, दुवै नेताले संसदीय चुनावमा भने हार बेहोरेका हुन् ।
दाङमा एमालेका महासचिव पोखरेललाई माओवादीकी शर्माले १ सय ९६ मतको अन्तरले पराजित गरिन । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मतमात्रै प्राप्त गरेका थिए । लमजुङमा एमाले उपमहासचिव गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरेर जित हासिल गर्दा माओवादी महासचिव गुरुङ ३ हजार १ सय ८८ मतान्तरले पराजित भए ।
माओवादी महासचिव गुरुङले ३१ हजार ७ सय ८१ मतमात्रै ल्याएका थिए । एमाले महासचिव पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । माओवादी महासिचव गुरुङ भने माओवादीको प्रमुख सचेतकको रूपमा संघीय संसदमा सक्रिय भएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुबै महासचिव पराजित, #देवप्रसाद गुरुङ, #पृथ्वीसुब्बा गुरुङ
ताजा खबर
- १मानवअधिकारलाई राजनीतिबाट अलग्गै राख्नुपर्छः प्रधानन्यायाधीश राउत
- २महाधिवेशनमा हारे पनि माधव नेपाल, भीम रावलहरुको दृष्टान्त लागू हुँदैन, एमालेमै रहन्छौँः ईश्वर पोखरेल
- ३राजनीति तथा नीति निर्माणको तहमा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न माग
- ४यथास्थितिमा हुने निर्वाचनले मुलुकलाई थप जटिलतातर्फ धकेल्नेछः राजेन्द्र लिङदेन
- ५विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउँछौँः प्रधानमन्त्री कार्की



तपाईको कमेन्ट लेख्नुहोस्