ललितपुर ३ मा डाक्टर तोसिमाको जित, तेस्रो बनिन् मन्त्री पम्फा भुसाल
काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् ।
अन्तिम मत परिणाम अनुसार जम्मा खसेको ६१ हजार ६ सय ७८ मत मध्ये तोसिमाले ३१ हजार १ सय ३६ मत पाएर निर्वाचित भएकी हुन् । उनी १८ हजार १७९ मतान्तरले विजयी भएकी हुन् ।
नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी गठबन्धनका तर्फबाट माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत मात्र पाइन् ।
यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. तोसिमा कार्की, #ललितपुर निर्वाचन क्षेत्र नं ३
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्