ललितपुर ३ मा डाक्टर तोसिमाको जित, तेस्रो बनिन् मन्त्री पम्फा भुसाल
काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् ।
अन्तिम मत परिणाम अनुसार जम्मा खसेको ६१ हजार ६ सय ७८ मत मध्ये तोसिमाले ३१ हजार १ सय ३६ मत पाएर निर्वाचित भएकी हुन् । उनी १८ हजार १७९ मतान्तरले विजयी भएकी हुन् ।
नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी गठबन्धनका तर्फबाट माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७ सय ६९ मत मात्र पाइन् ।
यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डा. तोसिमा कार्की, #ललितपुर निर्वाचन क्षेत्र नं ३
ताजा खबर
- १रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- २काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव
- ३अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ
- ४ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- ५निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप



तपाईको कमेन्ट लेख्नुहोस्