जाजरकोट प्रदेश सभामा १ मा राजीव विक्रम शाह विजयी
काठमाडौं । जाजरकोट प्रदेश सभा १ मा नेपाली कांग्रेसका राजीव विक्रम शाह विजयी भएका छन् । बुधबार बिहान गरिएको अन्तिम मतगणना अनुसार शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका खीमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका थिए । उनीहरु बीच ५ हजार ५१० मतान्तरको फरक छ ।
शाह प्रतिनिधि सभामा चुनाव लड्न चाहेका थिए । तर, सत्तारुढ दलहरुभित्र जाजरकोट शक्ति बस्नेतका लागि छोड्नुपर्ने बाध्यता भएपछि प्रदेशमा झरेका हुन् । शाह ०७४ मा माओवादी नेता शक्ति बस्नेतसँग पराजित भएका थिए ।
शाह यसअघि दोस्रो संविधान सभा सदस्य थिए । शाह निर्वाचित भएको प्रदेश १ मा ४६ हजार ४९४ मतदाता रहेकोमा २९ हजार २६ मत खसेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जाजरकोट प्रदेश सभा १, #राजीव विक्रम शाह
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग


तपाईको कमेन्ट लेख्नुहोस्