सामाजिक संजालमा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार गर्दा करोडौं रकम विदेशीदैं

काठमाडौं । पछिल्लो समय प्रचार र ब्राण्डिङको लागि सामाजिक सन्जालको प्रयोग बढ्दै गएको छ । यसपटकको निर्वाचनमा उम्मेद्वारले पनि यही शैली अपनाएका छन । यसरी सामाजिक सन्जालमा विज्ञापन गर्दा नेपालको ठूलो धनराशी भने विदेश जान थालेको छ । निर्वाचन आयोगले सामाजिक सन्जालमा पैसा तिरेरै बिज्ञापन गर्न छुट दिएको छ । यसले उम्मेद्वारलाई पनि सजिलो बनाएको छ । यती फाईदा हुँदाहुँदै पनि सरकारको नितिगत कमजोरी र निर्वाचन आयोगको उक्त निर्णयका कारण करोडौ रकम बाहिरिन थालेको छ ।
यसबाट सरकारलाई भने कुनै आम्दानी हुँदैन । फेसबुक सञ्चालन गरिरहेको मेटाले सार्वजनिक गरेको रिपोर्ट अनुसार गत सेप्टेम्बरदेखि नोभेम्बर १५ अर्थात मंगलबार दिउसोसम्म पेज र प्रोफाइलबाट उम्मेद्वारले विज्ञापन गरेका छन । यो सङ्ख्या निर्वाचन र राजनीतिक क्षेत्रसँग जोडिएका विषयबारे गरिएको सशुल्क विज्ञापन हो । यही विज्ञापनका कारण अहिलेसम्म उम्मेद्वारको गोजिबाट लाखौं रकम बाहिरीईसकेको छ । तर, पनि निर्वाचन आयोग खुल्लम खुल्ला रुपमा बिज्ञापन गर्न पाउने बताउँछ ।
त्यसो त यसमा निर्वाचन आयोगको पनि खासै ठूलो दोष देखिदैन । सरकारले सामाजिक सन्जाललाई करको दायरामा ल्याउन सकेको भए ठुलो रकम राजस्वको रुपमा आउने थियो । सामाजिक सञ्जाललाई करको दायरामा आउन नसक्दा ठूलो परिमाणमा राजस्व गुमिरहेको सरकारी अध्ययनले नै देखाएको छ । राजस्व परामर्श समितिले तयार पारेका प्रतिवेदनअनुुसार सञ्जाललाई करको दायरमा ल्याउन नसक्दा वार्षिक अर्बौँ रुपैयाँ विदेश गैरहेको छ ।
नेपाली प्रयोगकर्ताले विज्ञापन गरेवापत र हेरेबापत फेसबुकले वार्षिक रु ६० अर्बभन्दा बढी रकम आय गर्दै आइरहेको प्रतिवेदनमा उल्लेख छ । सुचना प्रविधिको बिषयमा बहस गरिरहेका अधिवक्ता बाबुराम अर्याल सरकारको नितीगत त्रुटी र करको दायरमा ल्याउने ऐन नहुँदा राज्यलाई घाटा भएको बताउँछन । निर्वाचन प्रचारका लागि फेसबुकमार्फत् हुने खर्चमा निगरानी राख्न निर्वाचन आयोगले मेटासँग सम्झौता गरेको छ।
फेसबुक पोस्ट बुस्ट गर्न भएको खर्चको विवरण उम्मेदवारले आयोगलाई बुझाउनुपर्छ । आयोगले पनि निर्वाचनको लागि तोकिएको खर्चसिमाभन्दा माथि खर्च भए कानुन अनुसार हुने जनाएको छ । तर चुनावमा मात्र नभएर अरु समय पनि हुने यस्ता बिज्ञापन र बिज्ञापनबाट उठ्न सक्ने करको बिषयमा सरकार चनाखो हुनै पर्छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #सामाजिक सन्जाल
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्