Techie IT
  • २६ वैशाख २०८२, शुक्रबार
KhojPatrika

नो नट अगेन अभियान ट्रेन्डिङमा, मिथ्या सूचना अभिव्यक्ति स्वतन्त्रता होइन नभएको आयोगको ठहर


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन मिति नजिक हुँदै जादा आचारसंहिता नाममा ब्यक्तिगत स्वतन्त्रता माथि नै धावा बोलेको भन्दै चौतर्फी आलोचना भएको छ । केही महिना अगाडिदेखि सामाजिक सन्जालमा चलिरहेको नो नट अगेन अभियान विरुद्ध उत्रिएपछि नागरिक स्तरबाट आयोग निशानामा परेको छ । यतिबेला सामाजिक सन्जालमा नो नट अगेन ट्रेण्डिङमा छ । फेसबुकमा १५ लाख प्रयोगकर्ताले यो बिषयमा सर्च गर्ने, लेख्ने जस्ता कृयाकलाप गरेका छन भने ट्विटरमा त यो ट्रेण्डिङ नम्बर एक मा छ ।

आखिर के हो जसलाई निर्वाचन आयोगले बन्द गर्ने चेतावनी दियो त ? नो नट अगेन एउटा सामाजिक सन्जालमा चलेको अभियान हो । जसमा पुराना र धेरै पटक चुनाव जितेर पनि केही गर्न नसक्ने नेतालाई फेरी जिताउनुहुदैन भन्ने प्रकृतिनका बिषय प्रकाशन भएका छन । ६ जना पुर्वप्रधानमन्त्रीहरुको फोटो राखेर देश बिगारने मुख्य ब्यक्तिहरुलाई फेरी देश चलाऊने जिम्मा नदिउ भन्ने खालको अभिब्यक्ती यहा प्रस्तुत भएका छन ।

फेसबुकमा ३२ हजार मात्र फलोवर भएको नो नट अगेन नामक पेजबाट यि बिषय प्रकाशन भएका छन । तर कसले यो अभियान चलाएको छ् भन्ने प्रस्ट छैन । तर, चुनावको मुखमा अरुबेला मत माग्ने प्रचार भए पनि यो अभियानले भने पुराना ब्यक्तिलाई नदोहोर्याउन मतदातामा मनोबैज्ञानिक दबाब बढाएको छ । तर आयोगले भने यही बिषयलाई लिएर पेज नै बन्द गर्ने चेतावनी दियो । जसको चौतर्फी बिरोध भयो र नो नट अगेन अभियानको बिषयमा जानकारी नभएका ब्यक्तीहरु पनि यससँग जोडीन थाले ।

केही पोस्ट हेरौ – सेप्टेम्बर ९ तारिखमा पोस्ट भएको यो फोटोमा ६ जना पुर्वप्रधानमन्त्रीलाई राखिएको छ । अनी अबको निर्वाचनबाट ससम्मान बिदा गरौ, आखिर यत्तिका बर्ष सत्तामा बसेर के भयो ? हाम्रो खुशी लुट्ने को हो ? आउनुस् बाटो बदलौ लगायतका बिषय लेखेर नो नट अगेन लेखिएको छ । फेरी अर्को पोस्ट जुन शुक्रबार दिउसो १२ बजेपछी पोस्ट भएको छ् । जसमा नेकपा एमाले, लोकतान्त्रीक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र, नेपाली कङ्ग्रेसका विभिन्न क्षेत्रका चर्चित उम्मेद्वारको फोटो राख्दै सम्सद बैठकमा नजाने, गए पनि निदाउने ब्यक्ती नेता हुन नसक्ने ब्यहोरा उल्लेख गर्दै नो नट अगेन लेखिएको छ ।

यिनै बिषयलाई आधार मानेर आयोगले लान्छनापूर्ण अभिब्यक्ती, भ्रम छर्ने अभिब्यक्ती प्रकाशन भएको भन्दै उक्त चेतावनी दिएको हो । आयोगले अझै पनि यही बिषय र तर्कलाई दोहोर्याइरहेको छ । आफ्नो पक्षमा चुनावी माहोल बनाउन गाउ गाउ पुग्ने, कार्यक्रमहरु गर्ने, अर्कोलाई सराप्ने उम्मेद्वारलाई केही नबोल्ने आयोगले सामाजिक सन्जालमा चलेको एउटा अभियानलाई रोक्न खोजिरहेको छ । जुन कुरा अभिब्यक्ती स्वतन्त्रताको बिपरित भएको भन्दै नागरिक स्तरबाट बिरोध भएको हो ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ट्रेण्डिङ, #ट्विटर, #नो नट अगेन, #सामाजिक सन्जाल

तपाईको कमेन्ट लेख्नुहोस्