बजारमा सिटामोलको चरम अभाव,डेंगी संक्रमितले औषधि नपाई छटपटाउदैं
काठमाडौं । बजारमा सिटामोलको चरम अभाव भएको छ । सिटामोल अभाव भएपछि दुखाइ कम गर्न बिरामीहरू ब्रुफिनलगायतका औषधि सेवन गर्न बाध्य भएका छन् । डेंगी संक्रमण तीव्र बनेसँगै साताअघिदेखि सिटामोलको अभाव देखिएको हो । राजधानीका अधिकांश औषधि पसलले ग्राहकलाई सिटामोल नभएको भन्दै फर्काउने गरेका छन् ।
सिटामोल चरम अभाव हुनुका पछाडि डेंगी संक्रमण र आपूर्ति सहज नहुनुलाई प्रमुख कारण मानिएको छ । उपत्यकामा मात्रै डेंगीका बिरामी १० हजारबढी छन् । शंखमूल क्षेत्रका प्रायः घरमा संक्रमित छन् । स्थानीय टोल सुधार समितिले सिटामोल नपाएर बिरामीले सास्ती भोग्नुपरेको भन्दै वडा कार्यालयको सिफारिसमा मंगलबार नेपाल औषधि लिमिटेडसँग एक हजार फाइल माग गरेको थियो । तर, लिमिटेडले एक सय ५० फाइल सिटामोल मात्र उपलब्ध गराएको थियो ।
एक फाइलमा १० चक्की हुन्छ । सिटामोल अभावले बिरामीले सास्ती भोग्नुपरे पनि राज्यका तालुकदार निकाय भने औषधि उपलब्ध गराउनमा खासै ध्यान दिएका छैनन । बजारमा सिटामोलको मूल्य एक रुपैयाँ छ । यही मूल्यमा पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ठेक्का पाएका कम्पनीले उपलब्ध गराउँदै आएका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चरम अभाव, #डेंगी संक्रमण, #बजारमा सिटामोल, #ब्रुफिनलगायतका औषधि
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्