मोहम्मदका हत्यारा अझै पक्राउ परेनन्, अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा संयुक्त समिति गठन
काठमाडौं । काठमाडौंको गोठाटारमा सोमबार राति लाल महोमद दर्जीका हत्यारालाइ प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । सिसिटिभी फुटेज सार्वजनिक भएपनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । सोमबार अज्ञात व्यत्तिहरुको गोली प्रहारबाट त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा लाल महम्दकोे मृत्यु भयो । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले लाल मोहम्मदलाई आफ्नै निवास अगाडी गोली प्रहार गरेका थिए ।
महमम्दको निवास नजिकैको सिसिटीभि फुटेजमा रातो रंगको सर्ट लगाएर पल्सर मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको देख्न सकिन्छ । सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको बताइएको छ । गोली चलेको स्थलबाटै प्रहरीले पेस्तोल बरामद गरेको छ । यस घटनामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने को हुन् भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।
मारिएका मोहम्मदका चालक रामप्रसाद गौतमका अनुसार केही दिनअघिदेखि नै मोहम्मदले असुरक्षा महसुश गरि प्रहरीमा निवेदन पनि दिएका थिए । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गार्मेन्ट व्यवसायी लाल मोहम्मदको हत्याबारे अनुसन्धान गर्न एसएसपीको संयोजकत्वमा संयुक्त समिति गठन गरिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख जनक भट्टराईको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।
समितिमा काठमाडौं प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी अधिकृत पनि छन् । मोहम्मदको सोमबार साँझ गोठाटारस्थित आफ्नै फ्याक्ट्रिबाहिर गोली हानी हत्या भएको थियो । गोली हान्नेको खोजी भइरहेपनि प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धानमा प्रहरीका विभिन्न युनिटहरु आ–आफ्नै तरिकाले सक्रिय बनेपछि संयुक्त छानबिन समिति गठन भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख रविन्द्रबहादुर धानुकले जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #असुरक्षा महसुश, #लाल महोमद दर्जी, #हत्यारालाइ प्रहरीले अझै पक्रा
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्