Techie IT
  • २ जेठ २०८२, बिहीबार
KhojPatrika

असोज १ गतेदेखि नै रोकियो सांसदको तलव भत्ता, सुविधा फिर्ता गर्न १५ दिनको समयसीमा


काठमाडौं । आगामी मंसिरमा निर्वाचन तय भएपछि प्रतिनिधि सभाको अधिवेशन अन्त्य भएपनि सरकारले औपचारिका रुपमा प्रतिनिधि सभाको कार्यकाल सकिएको स्पष्ट पारेको छैन । तर संसद सचिवालयले प्रतिनिधि सभाका सदस्यका लागि तलव भत्ता असोज १ गतेदेखिनै रोकेको छ भने राहदानी लगायत सांसदको हैसियतले लिएको सुविधा फिर्ता गर्न १५ दिनको समय दिएको छ ।

सरकारले संसदको चालु अधिवेसन अन्त्य गरेपनि प्रतिनिधिसभाको कार्यकाल टुङ्गिएको वा नटुङ्गिएको बिषयमा कुनै निर्णय गरेको छैन । जसले गर्दा प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म भन्ने प्रश्नको जवाफ अझै अनुत्तरित छ । यध्यपी निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गते मध्यरातीबाट अन्त्य भएको भनेर संसद सचिवालयलाई जानकारी गराएको थियो । सोही अनुसार नै सचिवालयले अहिलेलाई प्रतिनिधिसभा अन्त्य भएको बुझेको छ ।

अझै यसपछि पनि चुनाव अगाडि अधिवेसन आह्वान गर्ने अवस्था नभएकाले प्रतिनिधिसभाको कार्यकाल सकिएको उसको बुझाई छ । प्रतिनिधिसभा सकिएको भनेर निर्वाचन आयोगले प्रस्टसँग भनेको कारण पनि सरकार र राजनीतिक दलले पनि संसदको अन्त्य भईसकेको बुझेको छ । सोही अनुसार प्रतिनिधिसभा सदस्यले संसद सचिवालयबाट आफुले लिएका विभिन्न सामाग्री तथा सवारीसाधनहरु फिर्ता गर्न थालेका छन ।

सचिवालयले उनिहरुलाई सामान फिर्ता गर्नको लागि १५ दिनको समय दिएको छ । त्यस्तै प्रतिनिधिसभाको कार्यकाल सकिएको बुझाई भएकाले अब प्रतिनिधिसभा सदस्यले पाउदै आएको सेवासुबिधा तथा तलब भत्ता पनि उनिहरुले नपाउने भएका छन । यदी उनिहरुलाई तलब भत्ता दिने हो भने फेरी अर्को निर्णय गर्नुपर्ने सचिवालयले जानकारी दिएको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यहरूले पाउने पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार मासिक पारिश्रमिक र भत्ता पाउँछन ।

अहिले सांसदहरूको मासिक तलब ६६ हजार ७० रुपैयाँ छ । आवास सुविधाबापत काठमाडौंमा घर नहुने सांसदहरूलाई मासिक १८ हजार र प्रमुख सचेतकहरूलाई साढे २५ हजार उपलब्ध गराइन्छ । प्रमुख सचेतकहरूलाई गाडीको समेत सुविधा छ । त्यस्तै, सञ्चार सुविधाबापत मासिक तीन हजार पनि उनीहरूले पाउँछन । त्यस्तै, संसद र समितिको बैठकहरूमा उपस्थित भएबापत प्रत्येक बैठकको दुई हजार भत्ता पाउँछन । अब भने उनिहरुले यि कुनै प्रकारका पनि सेवासुबिधा तथा तलब भत्ता पाउने छैनन ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #तलव भत्ता, #प्रतिनिधि सभाको अधिवेशन, #प्रतिनिधि सभाको कार्यकाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं