Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै सञ्चालनमा ल्याइयो सुपथ पसल, यस्तो छ छुट पाउने मूल्य सूची !


काठमाडौं । दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ पसल सञ्चालनमा ल्याइएको छ । शनिबारदेखि काठमाडौं उपत्यकासँगै बाहिरी जिल्लामा चाडपर्वमा उपभोक्तालाई राहत दिने गरी सुपथ पसल सञ्चालनमा ल्याइएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास संस्थान मार्फत सुपथ पसल सञ्चालनमा ल्याइएको छ । प्रत्येक बर्ष चाडपर्वलाई लक्षित गरेर यी सरकारी संस्थानले आफ्ना बिक्री केन्द्रमार्फत सुपथ पसल सञ्चालन गर्दै आएका छन ।

शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा सुपथ मूल्य पसलको उद्घाटन गरेका थिए । अव कम्पनीको काठमाडौं उपत्यकाको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्यविनायकमा रहेका बिक्री कक्षबाट सुपथ मूल्यमा सामान वितरण गरिनेछ । चामल, दाल, आटा, पिठो, पैदा, तेल, चिउरामा प्रतिकेजी सात रुपियाँ छुट दिइएको छ ।

यस्तै चिनी प्रतिकेजीमा पाँच रुपियाँ र नुन प्रतिकेजीमा दुई रुपियाँ छुट दिएको छ । सञ्चालनमा आएको सुपथ मूल्य पसल कात्तिक १५ गतेसम्म चल्नेछन । सुपथ मूल्य पसलमा दाल, चामल, नुन, तेल, गेडागुडी, खाना पकाउने एलपीजी ग्याँस, मासु, चिउरा लगायतका वस्तु बिक्री गरिने छ । यस्तै, खाद्य कम्पनीले खसी र च्याङ्ग्राको समेत बिक्री वितरण गर्नेछ । काठमाडौँ उपत्यकाका ४ स्थानसहित देशका ४१ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको खाद्य कम्पनीले जनाएको छ । काठमाडौँका बिक्री केन्द्रमा खाद्यान्नसहित, खाना पकाउने एलपीजी ग्याँस र इन्डक्सन चुलोसहितका वस्तु बिक्रीमा छन् । तर, उपत्यका बाहिरका स्थानमा भने खाद्यान्न लगायतका वस्तु मात्रै बिक्री गरिनेछ ।
कुन सामानमा कति छुट ?
सञ्चालनमा आएका सुपथ मूल्य पसलमा सबै प्रकारका चामलमा प्रतिकिलोग्राम ७ रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । यस्तै, सबै प्रकारका दालमा प्रतिकिलो ७ रुपैयाँ नै छुट दिइएको छ । यसैगरी, क्वाँटी र कर्णालीको सिमीमा प्रतिकिलोग्राम १० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ । घिउमा प्रतिलिटर ५० रुपैयाँ, चिज र पनिरमा प्रतिकिलोग्राम २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँको छुट दिइएको छ ।

त्यस्तै, गहुँ र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट दिइएको छ । सबै प्रकारका खाने तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट व्यवस्था हुँदा नुनमा प्रतिकिलो २ रुपैयाँ छुटको व्यवस्था गरिएको छ । जिउँदा खसीबोका र च्याङ्ग्राको बिक्रीमा प्रतिकिलोग्राम ७ रुपैयाँ छुट दिइनेछ । यस पटकको दसैँमा चिनी र घिउको बिक्री वितरण भने नहुने बताइएको छ ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपभोक्तालाई राहत दिने, #तिहार र छठ, #दसैँ, #सुपथ पसल सञ्चालनमा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं