सरकारले बनायो डा. गोविन्द केसीसँग वार्ता गर्न टोली, अनशन तोडाउने प्रयास
काठमाडौं । स्वास्थ्य सेवा सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिवको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो ।
प्रधानमन्त्री कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव र नेपाल चिकित्सक संघका प्रतिनिधि सदस्य रहने गरी वार्ता टोली गठन गरेको जनाएको छ । चिकित्सक संघका प्रतिनिधिलाई भने डा. केसी र सरकार दुवैको मध्यस्थता गर्ने गरी टोलीमा राखिएको छ ।
वार्ता टोली गठनसँगै सरकारले केसीलाई अनशन तोड्न आग्रह पनि गरेको छ । यसअघिका सहमति कार्यान्वयनसहितका सात बुँदे माग राखेर धनगढीमा पाँचदिनदेखि अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । तर, उनले औषधि लिन पनि मानेका छैनन्। उनमा रिंगटा लाग्ने, थकान लाग्ने, श्वास फेर्न समस्या हुने, रक्तचाप र मुटुको धड्कनमा गडबडी लगाएतका समस्या देखिएको छ ।
हाल शुद्ध पानी, नर्मल स्लाइन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकीय टोलीबाट नियमित स्वास्थ परीक्षण गराइ शरीरको अक्सिजन, मुटुको धडकन र रक्तचाप अनुगमन भइरहेको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डाक्टर गोविन्द केसी, #वार्ता गर्न सरकारले वार्ता, #वार्ता टोली गठन
ताजा खबर
- १एमालेकै लाइनमा काँग्रेस : प्रतिनिधिसभा बिउताउन सर्वोच्च अदालतमा
- २घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह
- ३पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारः ५ पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
- ४सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि
- ५प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश



तपाईको कमेन्ट लेख्नुहोस्