नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति संरक्षणमा खाद्य कम्पनीको वेवास्ता, संरचना भत्किने अवस्थामा

काठमाडौं । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले आफू मातहत आएको नेसनल ट्रेडिङ लिमिटेडको सम्पत्ति संरक्षण गर्न नसक्दा बेवारिसे बनेका छन् । चार बर्षअघि अर्थात् २०७६ जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले नेसनल ट्रेडिङ लिमिटेड खारेज गरेर नेपाल खाद्य संस्थानमा गाभ्ने निर्णय गरेको थियो । सोही अनुसार २०७६ साउन २८ गते औपचारिक रुपमा नेशनल ट्रेडिङ र खाद्य सस्थान एउटै भएर खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड बनेको ४ बर्ष पुग्दा समेत कम्पनीको सम्पति कहाँ कुन अवस्थामा र कसले भाडामा लिएको छ भन्ने समेत लेखाजोखा नै भएको छैन ।
५७ बर्ष पूरानो सरकारी स्वामित्वको संस्थाबाट काठमाडौं लगायत देशभरका बिभिन्न स्थानको चल–अचल सम्पति खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडमा आएको थियो । ट्रेडिङको टेकुमा रहेको ५१ रोपनी जग्गाको तत्कालिन बजार मूल्य दुई अर्ब ५० करोड रुपैयाँ थियो । कर्मचरीको तलव,सुविधा, बैंकबाट लिएको ऋण तिर्न सो जग्गा सरकारले नै नेपाल आयल निगमलाई बिक्री गरेको थियो । ५ बर्षअघि सरकारले खारेज गरेको नेसनल ट्रेडिङको विभिन्न स्थानमा जग्गा र भवनहरु गरी २५ अर्ब रुपैयाँ बराबरको चलअचल सम्पति रहेको भेटिएको थियो ।
ट्रेडिङको काठमाडौंको रामशाहपथमा २५ रोपनीमा जग्गासहित भौतिक पूर्वाधार र बिक्री केन्द्र, विराटनगरमा ५ बिघा, नेपालगञ्जमा ५ बिघा, विरगंजमा ७ बिघा, भैरहवामा ३ रोपनी, धनगडी र महेन्द्रनगरमा २/२ रोपनी, सुर्खेत र दाङमा १५/१५ कट्ठा,पोखरामा २२ रोपनी जग्गा रहेको छ । सुर्खेत र दाङमा बाहेक सबै ठाँउमा भण्डारण सहितको गोदाम समेत ट्रेडिङबाट खाद्य मातहत भएका थिए । ट्रेडिङबाट खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडमा १० वटा भवन, ६३ हजार ४ सय मेट्रिकटन क्षमता भएका गोदाम ५१ रोपनी जग्गा, तराईमा १९ विगाहा जमिन आएको थियो । नेपाल आयल निगममा नेशनल ट्रेडिङको ७ लाख ५० हजार रुपैयाँ बराबरको सेयर पनि भएको बुझिएको छ ।
त्यस्तै, मोहियानी हक अन्र्तगत भारतको कलकत्ताको बन्दरगाहमा पनि भएको जग्गा खाद्य कम्पनीमा आएको थियो । तर, खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले सम्पत्तिको संरक्षण र उपयोग गर्न सकेको छैन । भएका पूर्वाधार समेत प्रयोग विहिन हुँदा भत्किने अवस्थामा पुगेका छन् । कहाँ कस्तो अवस्थामा सम्पत्ति छ भन्ने समेत हेरचाह र रेखदेख गर्न खाद्य कम्पनीलाई हम्मे–हम्मे परेको छ । स्वयम् खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड पनि सम्पत्तिको उचित ब्यवस्थापन गर्न नसकेको स्वीकार गर्छ ।
आफ्नै नाकमुनी रहेको रामशाहपथमा रहेको २५ रोपनी जग्गाको समेत रेखदेख गर्न सकेको छैन । सोही जग्गामा रहेको भवनका केही गोदाममा मदिरा थन्किएको बर्षौ बित्यो । तर, अहं अझै कहिले गोदाम खुल्ने हो पत्तो छैन । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले बिभिन्न स्थानको भाडा समेत उठाउन सकेको छैन । भवनको माथिल्लो तलामा स्काई दरबार क्याफे छ जसको भाडा मासिक २ लाख हो । स्काई दरबार बैंक्वटको भाडा मासिक ७ लाख हो । अनि यो ठूलो कम्पाण्डमा ड्राइभिङ सेण्टरलाई मासिक ६ लाख ९५ हजार भाडामा दिइएको छ ।
अझ अच्चमको कुरा त ट्रेडिङको सम्पतिमाथि ब्यक्तीले रजाई गरिरहेका छन् । एक जनाले भाडामा लिएर अर्को ब्यक्ती हुँदै धेरै ब्यक्तीको हातमा संरचना पुगेको छ । जसका कारण भाडा कसबाट उठाउने भन्ने समेत अन्यौल छ । सरकारी भवन संरचना बनाउन सरकार अर्बौंका कार्यक्रम अगाडि सार्छ । तर, भएका संरचना व्यवस्थापनमा खाद्य कम्पनीले चासो नै देखाएको छैन । सरकार मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका विभिन्न स्थानमा रहेका करिब डेढ सय कार्यालय तथा गोदामघरको दुरवस्थाले सम्पत्ति कतिबेला कहाँ हराउने हो पत्तै नहुने अवस्था आउन सक्छ । तर, भौतिक संरचनादेखि जग्गा समेत खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले संरक्षण र प्रयोगमा ल्याउन नसक्नु दुर्भाग्य हो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी, #मोहियानी हक, #स्वामित्वको संस्था
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्