उपेन्द्र यादवले मागे मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका छन् । सरकार र पार्टीको आलोचना भइरहेको भन्दै अध्यक्ष यादवले मुख्यमन्त्री राउतको राजीनामा मागेका हुन् ।
मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अन्य योजनाका फाइलहरुमा पनि अख्तियार अनुसन्धान गरिरहेका कारण मुख्यमन्त्री राउतलाई राजीनामा दिन चौतर्फी दवाव परेका बेला अध्यक्ष यादवले पनि मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका हुन ।
पार्टीको राजनीतिक समितिमा मुख्यमन्त्री र मन्त्रीहरुमाथि अध्यक्ष यादवले असन्तुष्टि पोखेको तर राजीनामा नमागेको राउत निकट नेताहरुले दाबी गरेका छन् । साइकल खरिदको निर्णयमा कागजी रुपमा प्रत्यक्ष संलग्न नभएकाले मुख्यमन्त्री लालबाबु राउत जोगिए पनि अरु परिस्थितिजन्य प्रमाण र कारणले उनी पनि संलग्न रहेको देखिएको थियो ।
अख्तियारले प्रदेश सचिव (निजामती सहसचिव) यामप्रसाद भूसाल लगायत केही कर्मचारी र सप्लायरहरुलाई मात्रै १० करोड ३३ लाख रुपैंया बिगो मागदावी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । बेटी पढाउ, बेटी बचाउ’ अभियानका क्रममा मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयको दैलोभित्र नै भएको साइकल प्रकरणमा फाइलमा हस्ताक्षर नभएको प्राविधिक कारणबाट मुख्यमन्त्री राउतले उन्मुक्ति पाएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #उपेन्द्र यादव, #जनता समाजवादी, #लालबाबु राउत
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्